सुनको मूल्य तोलामा ६ सयले बढ्यो, चाँदीको कति?

बुधबार जेठ १०, २०८०/ Wednesday 05-24-23
Paschim Today

काठमाडों, १० जेठ ।  नेपाली बजारमा बुधबार सुनको मूल्य सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा १ लाख ९ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार ६०० रुपैयाँले बढेर १ लाख ९ हजार ८०० रुपैयाँमा कारोबार भएको हो। यस्तै तेजावी सुन १ लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै,बुधवार चाँदीको मूल्य तोलामा १३६० रुपैयाँमा कारोबार भएको छ। यसअघि मंगलबार चाँदीको मूल्य तोलामा १३६५ रुपैयाँमा कारोबार भएको थियो।