Close This

आज पनि घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बिहीबार जेठ ११, २०८०/ Thursday 05-25-23
Paschim Today

काठमाडौं, ११ जेठ  । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुनचाँदीको मूल्य घटेको जनाएको छ । महासङ्घले आज सुनको मूल्य तोलामा १ हजार रुपैयाँ र चाँदीको मूल्य १० रुपैयाँ घटेको जनाएको छ । सुनको मूल्य हिजो पनि घटेको थियो ।

यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख ८ हजार ८०० र तेजाबी सुनको मूल्य १ लाख ८ हजार ३०० रुपैयाँ कायम छ । हिजो बुधवार छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार ८०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ३०० रुपैयाँ कायम थियो । यस्तै, आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ । यससँगै, आज चाँदी प्रतितोला १३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो बुधवार यसको कारोबार १३ सय ६० रुपैयाँमा भएको थियो ।