बुढीगण्डकी बाढी : जगत, सल्लेरी र घट्टेखोलाका ४० घर बगे

आइतबार असोज २५, २०८३/ Sunday 10-11-26
Paschim Today

काठमाडौं । बुढीगण्डकी नदीमा आएको बाढीले ३५/४० वटा घर बगेको प्रारम्भिक अनुमान गरिएको गोरखाको चुमनुव्री गाउँपालिका प्रशासनिक प्रमुख नारायणप्रसाद सापकाटोले जानकारी दिए।

गाउँपालिकाको केन्द्र सिर्दिबासमा रहेका सापकोटाका अनुसार बाढीले जगत बगर, सल्लेरी र घट्टेखोलाका ३५/४० घर बगाएको हो। ‘बाढीको अवस्थाचाहिँ सामान्य हुँदै गएको छ। अहिले उद्धारमा खटिएका छौं। हेलिकप्टर आएर उद्धार गरिरहेको छ,’ उनले भने।

सिर्दिबासबाट चुम्लिङ (चुम उपत्यका) तर्फ जाने बाटोमा रहेका ४/५ जना गोठालाहरु भने सर्म्पकविहीन रहेको उनले बताए।