Close This

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा दुई खेल हुँदै

बिहीबार जेठ ११, २०८०/ Thursday 05-25-23
Paschim Today

काठमाडौं, ११ जेठ । राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज बिहीबार दुई खेलहरु हुँदैछन् । दोस्रो लेगको आठौं चरण अन्तर्गत बिहीबार एक खेल एन्फा कम्प्लेक्स र एक खेल च्यासल मैदानमा हुनेछ ।

एन्फा कम्प्लेक्समा सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । सातदोबाटो र फ्रेन्ड्सबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ । यस्तै च्यासल मैदानमा हुने खेलमा मनाङ मर्स्याङ्दी क्लब र चर्च ब्वाइज युनाईटेड क्लबबीच प्रतिस्पर्धा हुनेछ । मनाङ र चर्च ब्वाइजबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।