उत्कृष्ट पाठक पुरस्कारको छैटौं श्रृङखलाको बिजेता आरती उपाध्याय

टीकापुर, १५ जेठ । टीकापुर सरोकार समुह द्वारा टीकापुरमा अध्ययन संस्कृतिको प्रबर्द्धन गर्न टीकापुर सामुदायिक पुस्तकालयसंगको सहकार्यमा प्रतेक महिना पुस्तकालयमा आई अध्ययन गर्ने उत्कृष्ट पाठकलाई रु दस हजार नगद पुरस्कार सहित सम्मान गर्ने क्रम जारी छ ।
सम्मान शृङ्खलाको छैटौं महिना बैशाख २०८० का लागि खडक स्मृति माध्यमिक बिधालय टीकापुरमा कक्षा १० मा अध्ययनरत छात्रा आरती उपाध्यायलाई आज टीकापुर सामुदायिक पुस्तकालयको सभा कक्षमा एक बिशेष समारोहमा पुरस्कृत र सम्मान गरिएको छ । कार्यक्रममा बिशिस्ट अतिथी लिलादेवी उपाध्यायले उक्त पुरस्कार राशी बिजेता आरती उपाध्यायलाई हस्तान्तरण गरेका थिए ।
टीकापुर सरोकार समुहका सचिव नवराज उपाध्यायले आफ्ना स्वर्गीय पिता पिताम्बर उपाध्यायको स्मृतिमा यस महिनाको पुरस्कार उपलब्ध गराउनु भएको थियो । टीकापुर सामुदायिक पुस्तकालयका पुर्व अध्यक्ष उदयराम अधिकारी प्रमुख अतिथि रहनु भएको कार्यक्रमको सभापतित्व पुस्तकालयका अध्यक्ष ताराप्रसाद जोशीले गरेका थिए ।
तपाईको प्रतिक्रिया