एनआरएनए डेनमार्कद्धारा नागरिकता बिधेयक प्रमाणिकरण भएकोमा कृतज्ञता व्यक्त
बिहीबार जेठ १८, २०८०/ Thursday 06-01-23
Paschim Today

डेनमार्क, १८ जेठ ।
गैर आवासीय नेपाली संघ डेनमार्कका अध्यक्ष शैलु अधिकारीले राष्ट्रपति रामचन्द्र पौडेलबाट ‘नेपाल नागरिकता ऐन, २०६३’ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण भएकोमा नेपाल सरकार प्रति कृतज्ञता व्यक्त गरेका छन् ।
गैर आवासीय नेपालीहरुको सांस्कृतिक तथा सामाजिक अधिकार सहितको नागरिकता कायम रहने विधेयक राष्ट्रपतिबाट प्रमाणिकरण भएकोमा कृतज्ञता व्यक्त गरेका अध्यक्ष अधिकारीले बिधेयक प्रमाणिकरण भएकोमा गैर आवासीय नेपालीहरुलाई बधाई दिएका छन् ।
राष्ट्रपति पौडेलले बुधबार नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका थिए ।
तपाईको प्रतिक्रिया