मालिका ग्रुपको वार्षिकोत्सवमा ३८ जनाद्धारा रक्तदान

शनिबार भदौ २, २०८०/ Saturday 08-19-23
Paschim Today

टीकापुर, २ भदौ ।
मालिका ग्रुप एण्ड होल्डिङ कम्पनीको २३ औं वार्षिकोत्सवका अवसरमा मालिकादेवी कृपा फाउण्डेसनले कैलालीको टीकापुरमा शुक्रवार रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

प्रमुख अतिथि टीकापुर नगरपालिकाका उपमेयर खडक शाहले पानसमा बत्ती बालेर रक्तदान कार्यक्रमको उद्घाटन गरेका थिए ।

कार्यक्रममा टीकापुर नगरपालिकाका उप मेयर शाह, मालिका ग्रुप एण्ड होल्डिङ कम्पनी प्राईभेट लिमिटेडका अध्यक्ष टीकाराज जैसी, मालिकादेवी कृपा फाउण्डेसनका प्रमुख कार्यकारी अधिकृत संशाक जैसी लगायत ३८ जनाले रक्तदान गरेका थिए ।

फाउण्डेसनका प्रमुख कार्यकारी अधिकृत जैसीले व्यवसायसंगै सामाजिक उत्तरदायित्व बहन गर्ने उद्देश्यले स्थापना गरिएको फाउण्डेसनले शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर सामाजिक कार्य गरिरहेको बताए ।

मालिका ग्रुप एण्ड होल्डिङ कम्पनी लिमिटेड सुदूर पश्चिमको सबैभन्दा बढि रोजगारी सृजना गर्ने व्यवसायीक घराना हो । मालिकाले पाँच सय भन्दा व्यक्तिलाई रोजगारी प्रदान गरेको छ ।