मालिका ग्रुपद्धारा युवा व्यवसायी टेकराज रेग्मी सम्मानित

शनिबार भदौ २, २०८०/ Saturday 08-19-23
Paschim Today

टीकापुर, २ भदौ ।
मालिका ग्रुप एण्ड होल्डिङ कम्पनी प्राईभेट लिमिटेडले सामाजिक तथा शैक्षिक क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै युवा व्यवसायी टेकराज रेग्मीलाई सम्मान गरेको छ ।

सुदूर पश्चिमको सबैभन्दा ठूलो व्यवसायिक प्रतिष्ठान मालिका ग्रुपले आफ्नो २३ औं वार्षिकोत्सवका अवसरमा कैलालीको टीकापुरमा आयोजित कार्यक्रममा युवा व्यवसायी रेग्मीलाई कदर पत्र र दोसल्ला सहित सम्मान गरेको हो ।

कार्यक्रमका बिशिष्ट अतिथि संबिधान सभा सदस्य हरी ज्ञवाली र मालिका ग्रुप एण्ड होल्डिङ कम्पनीका अध्यक्ष टीकाराम जैसीले कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।

आरएमई स्कुल टीकापुरका संस्थापक रेग्मी बिभिन्न सामाजिक र शैक्षिक संस्थामा नेतृत्वदायी भूमिका निर्बाह गरेका छन् । उनी नेपाल जेसिजको पूर्व उपाध्यक्ष समेत हुन् ।