Close This

पत्रकार वसन्तप्रतापको पुस्तक साइपाल हिमाल सार्वजनिक 

बिहीबार भदौ १४, २०८०/ Thursday 08-31-23
Paschim Today

काठमाडौं, १४ भदौ । पत्रकार वसन्तप्रताप सिंहको पुस्तक ‘साइपाल हिमाल सार्वजनिक भएको छ । आज नेपाल पर्वतारोहण संघको बार्षिक साधारणसभामा सिंहको उक्त पर्यटकिय पुस्तक लोकापर्ण भएको हो । नेपाल सरकारका उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री गोपाल किराँतीले संयुक्त रुपमा पुस्तकको लोकार्पण गरेका हुन ।

डेढ दशकयता पत्रकारितामा आबद्ध सिंहले बझाङमा बसेर सुदूरपश्चिम र कर्णाली क्षेत्रका सवालहरुमा गहन ढंगले कलम चलाउदै आएका छन । यस क्षेत्रको पर्यटन सम्भावना, चुनौती र अवसरहरुका बारे थुप्रै समाचार र आलेखहरु लेखिसकेका सिंहको पुस्तकले यस पर्वतिय पर्यटन पर्वद्धनमा टेवा पुग्नेछ ।  २२ पटक साइपाल क्षेत्रको यात्रा गरिसकेका सिंहले अहिले सम्मको यात्राका दौरान संकलन भएका तस्विरहरुमा साइपालको जनजिवन, संस्कृती, भुदृष्य र पर्वतारोहण सम्बन्धी विभिन्न जानकारी पनि पुस्ककमा समेटेका छन ।

साइपाल गाउ“पालिकाले बझाङ जिल्लाको कुल क्षेत्रफलकोे लगभग ४३ प्रतिशत (१,४६७.२७ वर्ग किमी) भु-भाग ओगटेको छ । क्षेत्रफलका आधारमा सम्भवत यो नेपालकै ठुलो पालिका पनि हो । समुन्द्री सतहदेखि ७,०३१ मिटर उचाइमा रहेको साइपाल हिमाल सुदुरपश्चिम प्रदेशमा अपी हिमालपछिको दोस्रो अग्लो हिमाल हो । 

१३२ पृष्ठको पुस्तकमा साइपाल क्षेत्रको जनजिवन, संस्कृति, चाडपर्व, खानपान, रहनसहन, भु—दृश्य, हिमाली पर्यावरण र पर्वतारोहणलाई समेटिएको छ । हिमाल आरोहणमा रुची राख्ने विदेशीहरुलाई साइपाल चिनाउन लक्षित उनको पुस्तकमा साइपाल क्षेत्रको समग्र परिचय दिएको छ । साइपाल र सुदूरका हिमाल प्रति जिज्ञाशा राख्ने र जानकारी चाहानेहरुका लागि यो पुस्तक संग्रहणिय छ ।