Close This

पहिलो दिनमा नै जवानको रेकर्ड

शुक्रबार भदौ २२, २०८०/ Friday 09-08-23
Paschim Today

मुम्बई । सुपरस्टार शाहरुख खानको नयाँ चलचित्र ‘जवान’ ले पहिलो दिनमा नै रेकर्ड कमाई गरेको छ । जवानले यसअघि शाहरुखकै पठानको पहिलो दिनको कमाइलाई उछिनेको हो ।बलिउड हङ्गामाको रिपोर्टअनुसार जवानले घरेलु बक्स अफिसमा ६५.५० करोड भारुको कमाई गरेको छ । हुन त यसअघि नै जवान सन् २०२३ को सबैभन्दा ठुलो रिलिज हुने अपेक्षा गरिएको थियो ।

यसअघि शाहरुखको पठानले पहिलो दिनमा ५७ करोड भारु कमाएको थियो भने ५ सय करोड क्लबमा प्रवेश गरेको हालैको चलचित्र गदर–२ ले ४०.१० करोड भारु कमाएको थियो । यो वर्ष आदिपुरुषले पहिलो दिनमा ३६ करोड भारु कमाएको थियो भने सलमान खानको किसीका भाइ किसी कि जानले १५.१८ करोडको ओपनिङ गरेको थियो ।

जवानले भोला, रकी ओर रानीकी प्रेम कहानी, ड्रिम गर्ल २ र ओएमजी २ जस्ता चलचित्रलाई पूरै छायामा पार्न सफल भएको छ । एट्लीद्वारा निर्देशित चलचित्रमा शाहरुखसँगै नयनतारा, विजय सेथुपतिलगायतको प्रमुख भूमिका रहेको छ ।