गाएक राजेन्द्र रावतको लय तथा शब्दमा रहेको (डब्बल्या) देउडा गीत सार्वजनिक

शनिबार भदौ २३, २०८०/ Saturday 09-09-23
Paschim Today

धनगढी, २३ भदौ । सुदुर पश्चिमको बाजुरा जिल्लामा जन्मिएका गायक तथा सर्जक राजेन्द्र रावतको लय तथा शब्दमा रहेको (डब्बल्या) देउडा गीतको भिडियो सहित बजारमा  सार्वजनिक भएको छ ।

सानै उमेर देखि नेपाली गित संगितको क्षेत्रमा अहोरात्र लागीपरेका गायक रावतका भैसी खर्क,घर झगडा,जोगि छैन कुटी,रानिवन लगायतका चर्चित थुप्रै गीतहरु बजारमा आइसकेका छन । आज भर्खरै बजारमा आएको देउडा गितमा हिन्दी भाषालाई सहित केन्द्रित राखेर मान्छे नेपाली भएता पनि हिन्दी भाषा बोल्ने सबै भाषहरुलाई उतिकै माया गर्ने लगाएत बिषयहरु समेटेर उक्त गीत सार्वजनिक गरीएको छ । गीतमा म मान्छे नेपाली बोलीभाषा हिन्दी बोल्दो,कानौदो टेपहाली देशवई डब्बल्या आयो, गीतको टुक्कालाई सुरुवातमा राखेर हरेक भाषाहरुको मायाको परिचय खुलाइएको छ ।

राजेन्द्र रावतको लय तथा शब्दमा रहेको गितमा जसमा राजेन्द्र रावत र लक्ष्मी आर्चायको स्वर रहेको छ । भने म्युजिक एरेञ्जर बिनोद बाजुरालीको रहेको छ भने खडक बाजुरालीको मिक्सिङ रहेको छ । जसमा सागर बाजुराली रेकडिस्ट रहेका छन भने भिम थापाको निर्देशनमा उक्त गितको भिडियो सहित बजारमा ल्याइएको छ । मालाश्री रेकडिङ स्टुडियोमा रेकड गरीएको उक्त गितमा गायक राजेन्द्र रावत,रोजी कुनवार,हेमराज अधिकारी खन्टे खलास र बिनोद घिमिरेको अभिनय रहेको छ ।