Close This

खापरदेव क्याम्पस बझाङ्गको स्तरोन्नतिका लागि आर्थिक सहयोग 

बुधबार भदौ २७, २०८०/ Wednesday 09-13-23
Paschim Today

पश्चिम टुडे, बझाङ्ग २७ भाद्र । 
       खप्तडछान्ना गाउँपालिका बझाङमा रहेको एक मात्र क्याम्पस खापरदेव क्याम्पसको थप शैक्षिक तथा भौतिक संरचनाको स्तरोन्नतिका लागि अष्ट्रेलिया बस्दै आएका गोविन्द जोशीले आर्थिक सहयोग गरेका छन् । 
       खप्तड छान्ना गाउँपालिका वडा नं ५ पिठातोला स्थायी घर भई हाल सिड्नी अष्ट्रेलियामा अध्ययनरत जोशीले क्याम्पसलाई नगद २५ हजार ५ सय २५ रुपैया आर्थिक सहयोग गरेका हुन् । 
हालसम्म क्याम्पसको शैक्षिक तथा भौतिक संरचनाको स्तरोन्नतिका लागि खप्तड छान्ना गाउँपालिकाका राम प्रशाद जोशीले ५ हजार एक सय ११ रुपैयाँ, तेजेश्वरी जोशीले ५ हजार ५ सय ५५ रुपैयाँ, नरेश कुमार थापाले १ हजार १ सय ११, मुकेश कुमार थापाले ११ हजार १ सय ११ रुपैयाँ, लोकेन्द्र बोहराले १० हजार ५ सय रुपैयाँ, अनिल जाशीले ५ हजार ५ सय ५१ रुपैयाँ, बालकृष्ण जोशी (बीके जोशी)ले १० हजार रुपैयाँ, महेन्द्रनगरका ममता सिंहले २० हजार रुपैयाँ, सुभद्रा सिंहले ५ हजार ५१ रुपैयाँ आर्थिक सहयोग गरेको क्याम्पसका उप–प्राध्यापक अशोक राज जोशीले जानकारी दिए । 
      क्याम्पसको शैक्षिक तथा भौतिक संरचनाको स्तरोन्नतिका लागि क्याम्पसले ‘खापरदेव क्याम्पसको सुनौलो अभियान, कार्यक्रम विस्तार एवं गुणस्तर सुधार हाम्रो महाअभियान’ नै चलाएको क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष दिपेन्द्र बहादुर सिंहले बताए । 
क्याम्पसमा हाल मानविकी संकायको पढाई भईरहेको छ । क्याम्पसले शिक्षा संकायका लागि विश्व विद्यालयसंग पहल गरिरहेको क्याम्पस प्रमुख रमेश बहादुर सिंहले बताए । क्याम्पसले विश्वविद्यालयबाट शिक्षा संकायको अनुमति पाएमा निकट भविष्यमै सो संकायको पढाई संचालन गर्ने क्याम्पस प्रमुख सिंहले जानकारी दिए । 
      शिक्षामा सेवा गर्नु शैक्षिक धर्म हो, परोपकार हो, पुण्य कार्य भन्दै क्याम्पसले सम्पूर्ण सहयोगी मनमा सहयोगका लागि हार्दिक अपिल गरेको छ । 
       क्याम्पसको स्तरोन्नतिका लागि सहयोग गर्न चाहने शिक्षा प्रेमी महानुभावहरुलाई क्याम्पसको राष्ट्रिय वाणिज्य बैंक बझाङ चैनपुर शाखामा रहेको खाता नम्बर (च.हि.न. ४११०१००००३३०८००१) मा आर्थिक सहयोग गर्न सक्नेछन् ।