Close This

स्वर्गीय नेम्वाङको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने

बिहीबार भदौ २८, २०८०/ Thursday 09-14-23
Paschim Today

काठमाडौं, २८ भदौ । तत्कालीन संविधानसभाका अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष  सुवासचन्द्र नेम्वाङको आज शवयात्रासहित पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदैछ । शवयात्राको रुट बालुवाटारबाट शिक्षण अस्पताल, महाराजगञ्ज–नारायणगोपाल चोक–धुम्बाराही–चाबहिल–गौशाला हुँदै पशुपति आर्यघाट रहेको नेकपा एमालेले जनाएको छ ।

एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग सचिव गगन विष्टले ११ बजे अघि नै पशुपति आर्यघाट पुग्ने गरी शव यात्रा सुरु हुने जानकारी दिए । मंगलबार बिहान १ बजे हृदयघातबाट निधन भएका नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्न उनको पार्थिव शरीर बुधबार दिउँसो एक बजेसम्म पार्टी कार्यालय च्यासलमा राखिएको थियो । त्यसपछि बालुवाटारस्थित निजी निवासमा लगिएको थियो ।