नेपालीहरुले अमेरिकाको लस एन्जल्समा धुमधामसंग मनाए तीज

शनिबार भदौ ३०, २०८०/ Saturday 09-16-23
Paschim Today

लस एन्जल्स, क्यालिफोर्निया, २९ भदौ ।

अमेरिकाको क्यालिफोर्निया राज्यको लस एन्जल्समा बसोवास गर्ने नेपाली समुदायले बुधबार तीज कार्यक्रम धुमधामका साथ मनाएका छन ।

सुदूरपश्चिम नेपाली समाज क्यालिफोर्नियाको आयोजनामा लस एन्जल्सको डाईमण्ड प्लेसमा नेपाली समुदायले तीज धुमधामका साथ मनाएका हुन् ।

तीज बिशेष कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारका अबैतनिक महा वाणिज्यदूत ऋषि ढकालले प्रवासमा रहेका नेपालीहरुलाई तीज लगायतका चाडपर्ब, संस्कृति र परम्पराले एकआपसमा जोडेको बताए ।

उनले अमेरिकामा जन्मेका र हुर्केका नयाँ पुस्तालाई नेपाली भाषा र सँस्कृतिको माध्यमबाट नेपालसँग जोड्न आवश्यक भएको बताए ।

सुदूरपश्चिम नेपाली समाज क्यालिफोर्नियाका उपाध्यक्ष हेमबहादुर ठकुल्लाको अध्यक्षतामा सम्पन्न तीज कार्यक्रमको सञ्चालन समाजसेवी चक्र भण्डारीले गरेका थिए ।  समाजकी महिला उपाध्यक्ष खेमु रेग्मी शर्माले स्वागत मन्तव्य व्यक्त गरेकी थिईन ।  कार्यक्रममा लोक गायक कलाकार कृष्ण देबकोटा लगायतका कलाकारहरुले बिभिन्न प्रस्तुति मार्फत मनोरन्जन प्रदान गरेका थिए ।

तीज कार्यक्रममा सुदूरपश्चिमेली लगायत अन्य नेपाली समुदायहरु एकै स्थानमा जम्मा भएर तीज मनाएर सामाजिक एकता र सद्भावको सन्देश दिएका थिए ।

यसैगरी लस एन्जल्सको सेन्ट्रलिया लेकउडमा पनि गत आईतबार तीज बिशेष कार्यक्रमको आयोजना गरिएको थियो। नेपाल अमेरिका एकता समाज क्यालिफोर्नियाको आयोजनामा भएको उक्त कार्यक्रममा नेपाली समुदायको उल्लेख्य सहभागिता रहेको थियो । तीज बिशेष कार्यक्रममा सहभागि महिलाहरु बिभिन्न तीज गीतमा छमछमी नाचेका थिए ।

तीज बिशेष कार्यक्रममा बोल्दै बिशिष्ट अतिथि नेपाल सरकारका अबैतनिक महावाणिज्य दूत ढकालले तीज पर्बको साँस्कृतिक महत्वको वारेमा चर्चा गर्दै तीजको मौलिकपन जोगाउनु पर्ने बताए ।

नेपाल अमेरिका एकता समाज क्यालिफोर्नियाका अध्यक्ष रोशन अधिकारीको अध्यक्षता तथा सल्लाहकार बेदभक्त जोशीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिब समशेर भण्डारीले गरेका थिए । समाजका  संस्थाका पूर्व अध्यक्ष शारदा श्रेष्ठले तीजको शुभकामना मन्तव्य व्यक्त गरेकी थिईन ।

स्थानीय तीन सय भन्दा बढी नेपाली समुदायको सहभागिता रहेको कार्यक्रममा समाजका अध्यक्ष रोशन अधिकारीले धन्यवाद ज्ञापन गरे भने संस्थाका उपाध्यक्ष अर्जुन पौडेलले स्वागत मन्तव्य व्यक्त गरे ।

तीज बिशेष कार्यक्रमको दोश्रो सत्रको सञ्चालन समाजसेवी प्रस्मिता शर्माले गरेकी थिईन । कार्यक्रममा लोक तथा दोहरी गायक कृष्ण देबकोटा तथा अमृत लुईटेलले बिबिध प्रस्तुती मार्फत सहभागी नेपाली समुदायलाई मनोरन्जन प्रदान गरेका थिए ।