श्रीलंकालाई १० विकेटले हराउँदै भारतले जित्यो एशिया कप

आइतबार भदौ ३१, २०८०/ Sunday 09-17-23
Paschim Today

काठमाडौं, ३१ भदौ । मोहम्मद सिराजको उत्कृष्ट बलिङमा भारतले श्रीलंकालाई १० विकेट पराजित गर्दै एशिया कप क्रिकेटको उपाधि जितेको छ । कोलम्बोमा आइतबार भएको फाइनल खेलमा भारतीय बलर सिराजले ६ विकेट लिएपछि श्रीलंका ५० रनमा अल आउट भएको थियो । श्रीलंका १६ औं ओभर पूरा नगर्दै अल आउट भएको थियो ।

प्रतिउत्तर ब्याटिङ गरेको भारतले ५१ रनको लक्ष्य सातौं ओभरमा पूरा गर्दै एशिया कपको उपाधि आठौं पटक उचालेको हो । टास हारेर बलिङ गरेको खेलमा भारतीय खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गरेका थिए । सिराजले ७ ओभर बलिङ गर्दै २१ रन खर्चेर ६ विकेट लिएका थिए । सिराजले एकै ओभरमा श्रीलंकाका ४ खेलाडीलाई आउट गरेका थिए । त्यसैगरी भारतका लागि हार्दिक पाण्डेयले ३ र जसप्रित बुम्राहले १ विकेट लिएका थिए । श्रीलंकाका आधा ब्याट्सम्यानहरुले खातै खोल्न सकेनन् । ४ खेलाडीले दोहोरो अंक पार गर्न सकेनन् । श्रीलंकाका लागि सबैभन्दा बढी कुशल म्यान्डिसले १७ रन बनाए ।