सुदूर पश्चिम समाज न्यूयोर्क अमेरिकाद्धारा परराष्ट्र मन्त्रि साँउदको स्वागत

न्यूयोर्क, (अमेरिका), ३१ भदौ ।
सुदूर पश्चिम समाज न्यूयोर्क अमेरिकाले आईतवार नेपाल सरकारका परराष्ट्र मन्त्रि नारायण प्रसाद (एनपी) साँउदको स्वागत तथा सम्मान गरेको छ ।
मन्त्री साँउदले सुदूर पश्चिमवासीका तर्फबाट न्यूयोर्कमा स्वागत तथा सम्मान कार्यक्रम आयोजना गरेकोमा भावबिभोर भएको बताए ।
उनले संसारको जुनसुकै देशमा रहेपनि सुदूरपश्चिेमलीहरुले आफ्नो जन्मभूमिलाई नबिर्सिने बताए ।
सुदूर पश्चिम समाज न्यूयोर्क अमेरिकाका अध्यक्ष राम बहादुर देउवाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बिशिष्ट अतिथि नेपाली काँग्रेसका पूर्व आमन्त्रित केन्द्रीय सदस्य तथा नेपाली जनसम्पर्क समितिका सभापति आनन्द बिष्ट, पश्चिम टुडे मिडिया हाउसका प्रधान सम्पादक दीर्घराज उपाध्याय, सुदूर पश्चिम समाज टेक्सस पूर्व अध्यक्ष प्रेम शाही लगायत कार्यक्रममा सहभागीहरुले स्वागत तथा सम्मान गरेका थिए ।
कार्यक्रममा सुदूर पश्चिम समाज न्यूयोर्क अमेरिकाका उपाध्यक्ष नविन ओझाले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन समाजका महासचिव रैभान महराले गरेका थिए ।
तपाईको प्रतिक्रिया