गायिका सिम्रन र राजन कार्कीको स्वरमा ‘पारी ठुली भिर’सार्वजनिक

शनिबार असोज ६, २०८०/ Saturday 09-23-23
Paschim Today

काठमाडौं, ६ असोज । लोकप्रिय सर्जक सुन्दर हमालको शब्द रचनामा रहको मौलिक  लोक तथा दोहोरी गीत ‘पारी ठुली भिर’सार्वजनिक भएको छ ।

गायिका सिम्रन परियार र राजन कार्किले गीतमा स्वर दिएका छन । गीतमा राजन कार्कीको संगीत छ ।नेपाली पनको आभाष दिने किसिमले गीतको निमार्ण गरिएको सुन्दर हमालले बताए । गीत सार्वजनिक भए सगैँ सामाजिक सञ्जालमा चर्चाको शिखरमा रहको छ ।

मौलिक लोक लयमा आधारित गीतमा मायालु जोडि विचको प्रेम र उत्सवलाई चित्रण गरिएको छ  । सन्जय राईको छायाँकन, अमृत चापागाईँको सम्पादन तथा मनोहर भण्डारीको निर्देशन भिडियोमा रहेको छ।मौलिक धारमा  तयार पारिएको गीतको भिडियोमा बेगम नेपाली र स्मारिका ढकालको अभिनय देख्न सकिन्छ ।सुन्दरको यस अगाडि कहिले पुग्ला धन, बनको खयर, सईले, आउन मायालु, उखुम , दसै गोजीमा हाले  गीत चर्चामा रहेका थिए ।