'द भ्वाइस अफ नेपाल ५' को प्रसारण आजबाट सुरू

शुक्रबार असोज १२, २०८०/ Friday 09-29-23
Paschim Today

काठमाडौं, १२ असोज । गायन रियालिटी शो द भ्वाइस अफ नेपालु सिजन ५ को प्रसारण आजबाट सुरू हुने भएको छ । बुधबार काठमाडौंमा शोको प्रिमियर राखिएको थियो। उक्त प्रिमियरमा शोको पहिलो एपिसोड प्रदर्शन गरिएको थियो। शोमा १२० जनाले ब्लाइन्ड अडिसनमा प्रतिस्पर्धा गर्दैछन्।

यस सिजनमा कोच परिवर्तन गरिएको छ। अघिल्ला ३ वटा सिजनमा कोच रहेका राजु लामा र चौथो सिजनमा कोच रहेकी प्रविशा अधिकारीको ठाउँमा उदय सोताङ र मिलन नेवार देखिने भएका छन्। अघिल्लो सिजनमा कोच रहेका प्रमोद खरेल र राजेश पायल राई यो वर्ष पनि यथावत् नै रहनेछन्। द भ्वाइस अफ नेपाल सिजन ५ हिमालय टेलिभिजनबाट हरेक शुक्रबार र शनिबार ८ बजेदेखि प्रसारण हुनेछ।