किन गरियो नेकपा एमालेका  धनगढीस्थित पार्टी कार्यालयहरुमा  तालाबन्दी ?

मंगलबार असोज १६, २०८०/ Tuesday 10-03-23
Paschim Today

धनगढी, १६ असोज ।  नेकपा एमालेको धनगढीस्थित सुदूरपश्चिम प्रदेश कार्यालय, कैलालीको जिल्ला पार्टी कार्यालयसहित धनगढी उपमहानगरपालिकाको पार्टी अफिसमा तालाबन्दी गरिएको छ। धनगढीमा रहेका नेकपा एमाले निकटकै युवा नेताहरुले पार्टी कार्यालयहरुमा ताला लगाएका हुन्।

एमाले कैलालीको जिल्ला कमिटी सदस्य तथा अनेरास्ववियुका केन्द्रिय सदस्यसमेत रहेका किशोर शाहले आज ९मंगलबार० पार्टी अफिसहरुमा ताला लगाइएको जानकारी दिए। उनका अनुसार युवा नेताहरुको समूहले पार्टीको विधि, विधान एवं पार्टी मूल्य मान्यतालाई लत्याएर प्रदेश अधिवेशनका लागि प्रतिनिधि छनोट गरिएकोले तालाबन्दी गरिएको हो।


धनगढीसहित जिल्ला र बाहिरका विभिन्न क्षेत्रमा नेताहरुले भुगोलमा रहेका युवा नेता, कार्यकर्तालाई छोडेर अन्यलाई प्रतिनिधि बनाइएको तालाबन्दीकर्ताहरुको ठमम्याई छ। यहीँ असोज २१ र २२ गते धनगढीमा एमाले सुदूरपश्चिमको प्रदेश अधिवेशन तोकिएको छ।