Close This

श्री दुर्गा मावि कोल्मुडाको पक्की भवन र शौचालयको शिलान्यास 

सोमबार कार्तिक १३, २०८०/ Monday 10-30-23
Paschim Today

पश्चिम टुडे, धनगढी १३ कार्तिक । 
     विल्ड अन नेपाल र गोदावरी नगरपालिकाको संयुक्त साझेदारीमा ३ कोठे पक्की भवन र २ कोठे पक्की शौचालयको सोमबार शिलान्यास गरिएको छ ।

     श्री दुर्गा माध्यामिक विद्यालयमा निर्माण हुन गईरहेको पक्की भवन र शौचालयको कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्ट, विशिष्ट अतिथिहरु विल्ड अन नेपाल धनगढीका अध्यक्ष यज्ञ बहादुर चौधरी, विल्ड अन नेपाल धनगढीकी प्रमुख गंगा चौधरी, गोदावरी नगरपालिका वडा नं १२ का वडा अध्यक्ष भीम बहादुर खड्का, वडा नं ११ का वडा अध्यक्ष प्रेम सिंह बडैला, श्री दुर्गा माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिव बहादुर विंकले संयुक्त  रुपमा शिलान्यस गरेका हुन् । 


   विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिव बहादुर वि.कको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक नेत्र प्रशाद भण्डारीले कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गरेका थिए । 
     कार्यक्रमकी विशिष्ट अतिथि विल्ड अन नेपालक धनगढीकी प्रमुख गंगा चौधरीले विद्यालयले १०६ दिन भित्रै उक्त भवन निर्माण कार्य सम्पन्न गरेमा विद्यालयलाई थप पक्की भवन निर्माणका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् ।  
   शिलान्यस कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष कर्ण बहादुर साउँद, विद्यालयका पूर्व प्रधानाध्यापक डबल बहादुर खत्री, चौकीडाडाँडा सामूदायिक वनका पूर्व अध्यक्ष प्रेम भण्डारी, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्षहरु बल बहादुर बडैला, प्रताप सिंह बडैला, खडक बहादुर साउँद, विद्यालय व्यवस्थापन समितिका कार्यसमितिका पदाधिकारी, शिक्षक अभिभावक संघका कार्यसमितिका पदाधिकारीहरु लगायतको उपस्थिति रहेको थियो । 
    कार्यक्रमको संचालन शिक्षक नविन कडायतले गरेका थिए ।


   विद्यालयका प्र.अ. भण्डारीले नयाँ पक्की भवन र शौचालय निर्माण भएपछि शिक्षक तथा विद्यार्थीहरुको पठन पाठनमा सहज हुने पश्चिम टुडेलाई बताए । उनले विद्यालयमा भवन निर्माणमा सहयोग पुर्याउने गोदावरी नगरपालिका, विल्ड अन नेपाल नामक संस्थालाई धन्यवाद तथा हार्दिक आभार व्यक्त गरेका छन् । 
   विद्यालयमा बन्दै गरेको पक्की भवन र शौचालय निर्माण कार्य सहयोग गर्न १२ जना अमेरिकन नागरिकले श्रम दान गर्ने छन् । उनी संगै विल्ड अन नेपालका कर्मचारी, प्रतिनिधि तथा स्थानिय व्यक्तिहरुले पनि श्रम दान गर्ने विद्यालयले जनाएको छ ।