टी-२० विश्वकप छनोट : नेपाल सुपर ओभरमा ओमनसँग पराजित

आइतबार कार्तिक १९, २०८०/ Sunday 11-05-23
Paschim Today

काठमाडौं, १९ कात्तिक । आईसीसी टी-२० विश्वकपको एशिया छनोट प्रतियोगिताको फाइनलमा नेपाल ओमनसँग सुपर ओभरमा पराजित भएको छ। काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार भएको खेलमा ओमनले सुपर ओभरमा जित हासिल गरेको हो।

यसअघि नेपालले दिएको १८५ रनको लक्ष्य पछ्याउने क्रमममा ओमनले नौ विकेटको क्षतिमा १८४ रन बनाएको थियो। ओमनका लागि कश्यप प्रजापतिले ६३, अकिब इल्यासले ३३, जीशन मक्सूदले २६ मोहम्मद नसीमले २४ रन बनाए।

नेपालका लागि करण केसीले र सन्दीप लामिछानेले दुई-दुई तथा सोमपाल कामी, गुल्सन झा, अविनाश बोहरा र विवेक यादवले एक-एक विकेट लिए। यसअघि ब्याटिङ गरेको नेपालले ६ विकेटको क्षतिमा १८४ रन बनाएको थियो। नेपालका लागि रोहित पौडेल र गुल्सन झाले अर्धशतक प्रहार गरेका थिए। पौडेलले ३७ बलमा ५२ रन र झाले २५ बलमा ५४ रन बनाएका थिए।

त्यस्तै, कुशल भुर्तेलले ३१, करण केसीले २०, आशिफ शेखले ६, कुशल मल्लले तीन र विवेक यादवले एक रन बनाए। ओमनका लागि बिलाल खानले तीन, अकिब इल्यासले दुई र जीशन मक्सूदले एक विकेट लिए।