जाजरकोटको भूकम्प प्रभावित गाँउमा ११ दिनपछि पुग्यो राहत सामग्री

जाजरकोट, २८ कार्तिक ।
जाजरकोटमा गत कार्तिक १७ गएको महाभूकम्पले क्षति पुगेको नलगाड नगरपालिका- १३ मा पर्ने खालिगुर्ता, रुपा, ध्यारगाउँ लगायतका ठाउ भूकम्प प्रभावित क्षेत्र हुन्।
करिब ५०० घर भन्दा बढी घर धुरी रहेको त्यस नगरपालिका मा १० दिन पछि बल्ल राहत पुगेको छ।
त्येस क्षेत्रमा हिमपात सुरु भैसकेको अवस्था छ राहत पुगे पनि प्रसस्त राहत नपुग्दा त्यस ठाउका पिडितहरु चिसो मै रात कटाउन बाध्य छन् ।
जाजरकोटमा यस्ता भौगोलिक जटिलता भएका ठाउमा समयमा राहत पुग्न नसक्दा स्थानीय र संघीय सरकार माथि प्रस्न उठाउदै छन् ।
ध्यारगाउँ पुग्न नलगाड नगरपालिका देखि हिडेको ३/४ दिन सम्म लाग्ने गर्छ ।
सोमबार हामि नेपालसँगको सहकार्यमा नेपाली सेना उप सेनानी सन्देश अधिकारी क्षेत्रीको नेतृत्वमा रहेको श्री चन्दन नाथ गण स्थित नलगाड सुरक्षा बेसको सहयोगमा हामी नेपाल द्वारा नेपाली सेनाको कल साइन ल्ब्ण्टज्ञ बेल हेलिकप्टरमा ५०० घरधुरी लाई पुग्ने गरि ५०० पिस ९१२८१८० को त्रिपाल १०० पिस म्याट, ६० पिस फाइबर सिरक पठाइ नेपाल प्रहरी र वडा अध्यक्षको रोहबरमा वितरण गरियो ।
जाजरकोटमा यस्ता भौगोलिक जटिलता भएका धेरै नै गाउँहरु छन अनि भुकम्प गइसकेको १० दिन सक्दा पनि राहत नपाएको जनताहरुको गुनासो छ ।
तस्बिरहरु- भावना राउत/ नेपाल फोटो लाइब्ररी
तपाईको प्रतिक्रिया