बालक मृत्यु प्रकरण : चौथो दिन पनि शव उठेन

शुक्रबार मङ्सिर १, २०८०/ Friday 11-17-23
Paschim Today

धनगढी १ मंसिर ।
कैलालीको गेटामा उपचारका क्रममा बालकको मृत्यु भएको आज चार दिन भयो । मृतकका परिवारजन र क्लिनिक सञ्चालकबीच सहमती नहुदा चौथौ दिन पनि बालकको शव उठ्न सकेको छैन । बालकको शव सेती प्रादेशिक अस्पतालको शव गृहमा थन्किएको छ । मृतकका बालकका परिवारजनले क्लिनिक सञ्चालकमाथि कारबाही र क्षतिपूर्तिको माग पुरा नभएसम्म शव नउठाउने अडान लिएका छन् ।

मंगलवार साँझ कैलालीको गोदावरी नगरपालिका–५ गेटास्थित डिलासैनी क्लिनिकमा उपचारका लागि लगिएका गोदावरी नगरपालिका–५ गेटाका भरत ऐरका चार वर्षीय छोरा सम्राट ऐरको क्लिनिक सञ्चालक क्लिनिक सञ्चालक दिनेश धामीका भाई नविन धामीले सुई लगाए लगत्तै मृत्यु भएको थियो ।

ज्वरो आएपछि मंगलवार साँझ डिलासैनी क्लिनिकमासुई लगाएपछि अचेत भएका ऐरलाई धामीले स्कुटरमा राखेर तत्काल माया मेट्रो अस्पताल पुर्याएका थिए । त्यहाँ पुर्याउनुअघि नै बालक ऐरको मृत्यु भईसकेको थियो ।

मृतकका परिवाजननले दोषीमाथि कारबाही र क्षतिपूर्तिको माग गर्दै शव उठाउन नमानेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीमा बुधवार र बिहीवार दिनभरी पनि सहमतीको प्रयास भएपनि सहमती जुट्न सकेन ।
बालकको मृत्युपछि प्रहरीले उपचारमा संलग्न व्यक्तिसंगै क्लिनिक सञ्चालक पक्राउ गरेको छ ।