Close This

श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

शुक्रबार मङ्सिर १, २०८०/ Friday 11-17-23
रासस

श्रीमतीको हत्या आरोपमा एक जना पक्राउ परेका छन्। अछाम मङ्गलसेन नगरपालिका–३ लाछिमनाकी ४० वर्षीया उर्मिला बिष्ट भण्डारीको हत्या आरोपमा श्रीमान शेरबहादुर भण्डारी पक्राउ परेका हुन्।

उर्मिलाका माइती पक्षले बुधबार शेरबहादुरको नाममा किटानी जाहेरी दिएकाले उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले बताए।

उनले भने, ‘मृतक उर्मिलाको टाउको र शरीरका अन्य भागमा चोटपटक लागेको देखिन्छ। प्रारम्भिक अनुसन्धानबाट कुटपिटबाट मृत्यु भएको देखिएपछि माइती पक्षले उनका श्रीमान शेरबहादुरको नाममा किटानी जाहेरी दिएका छन्।’

नायब उपरीक्षक पाठकका अनुसार श्रीमानले मदिरा सेवन गरेको पाइएको छ। उनले भने, ‘अहिले हामी अनुसन्धानकै क्रममा छौं। शव परीक्षणको प्रतिवेदन आएपछि थप अनुसन्धान गर्न सहज हुनेछ।’ 

हत्या आरोपमा पक्राउ परेका शेरबहादुर हालै नेपाल प्रहरीको जागिरबाट अवकाश भएका हुन्।