बैङ्लोरमा अस्ताइन् बझाङकी ३१ वर्षीया नारदा थापा
बिहीबार माघ १८, २०८०/ Thursday 02-01-24
Paschim Today
बझाङ । भारतमा बझाङकी एक महिलाको मृत्यु भएको छ । खाना पकाउने ग्यास सिलिन्डर पड्किँदा बझाङकको तल्कोट गाउँपालिका -१ सुनिकोट भाडागाउँकी ३१ वर्षीया नारदा थापाको मृत्यु भएको हो ।
सुतेको अवस्थामा राति ग्यास लिक भएको थाहा नपाएर बिहान ग्यास खोल्दा पड्किएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ग्यास पड्किएर गम्भीर घाइते भएकी उनको उपचारको क्रममा सन्जन अस्पतालमा मृत्यु भएको उनका आफन्तले बताएका छन् ।
घटनामा घाइते भएका मृतक थापाका छोरा ११ वर्षीय आयुश थापाको अनुहारको सर्जरी गरिएको मृतकका देवर रमेश थापालाई उधृत गर्दै मष्टा-७ का नवराज बोहराले बताए । अहिले आयुशको अवस्थामा सुधार आएको उनले बताए । मृतक थापाको परिवार कामको सिलसिलामा लामो समयदेखि बैङ्लोरमा बस्दै आएका थिए ।
तपाईको प्रतिक्रिया