Close This

सुनचाँदी व्यवसायीमाथि गोली प्रहार

आइतबार माघ २१, २०८०/ Sunday 02-04-24
Paschim Today

पश्चिम नवलपरासीमा नचिनेका मानिसहरूको समूहको गोली  प्रहारबाट एक व्यवसायी घाइते भएका छन्  । बर्दघाट नगरपालिका(१६ केराबारीनजिकै नचिनेका व्यक्तिले गोली प्रहार गरी ६५ वर्षीय व्यवसायी गजेन्द्र विश्वकर्मालाई घाइते बनाएको प्रहरीले जनाएको छ । 

सुस्ता गाउँपालिका-१ बरुवामा सुनचाँदी पसल गर्ने विश्वकर्मामाथि घर फर्कने क्रममा शनिबार राति गोली हानिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी डिएसपी रेशम बोहराले बताए ।

पाखुरामा गोली लागेर घाइते विश्वकर्मालाई तत्काल चिसापानी अस्पताल बर्दघाट लगिए पनि उपचार सम्भव नभएपछि बुटवलस्थित तिनाउ अस्पताल रिफर गरिएको थियो । गोली प्रहार गर्ने व्यक्तिको खोजी कार्य भइरहेको डीएसपी बोहराले बताए । विश्वकर्माले प्रयोग गर्ने स्कुटरसमेत आक्रमणकारी समूहले लिएर भागेको छ ।