Close This

फेसबुकको सेयरमा उछाल, एकै दिन २ खर्ब डलर बढेपछि कम्पनीको मूल्य १२ खर्ब नाघ्यो

आइतबार माघ २१, २०८०/ Sunday 02-04-24
Paschim Today

काठमाडौं । फेसबुकको प्यारेन्ट कम्पनी मेटाको सेयर मूल्य एकै दिनमा झन्डै दुई खर्ब डलरले वृद्धि भएको छ । मेटाको सेयर मूल्य शुक्रबार एकै दिन १९६ अर्ब डलर अर्थात् २०.३ प्रतिशतले वृद्धि भएको हो।

सेयरमा उछाल भएसँगै यो कम्पनीको बजार मूल्य बढेर १२ खर्ब २० अर्ब अमेरिकी डलर पुगेको छ । यससँगै मेटा विश्वकै सातौँ मूल्यवान् कम्पनी बनेको छ ।

अमेरिकी सेयर बजारमा कुनै पनि कम्पनीले एक दिनमा पाएको सबैभन्दा ठुलो शेयर मूल्य वृद्धि हो । कारोबारका क्रममा प्रतिशेयर ४८५ डलरसम्म पुगेको मेटाको शेयर बजार बन्द हुँदा ४७४ अमेरिकी डलरमा कायम भएको थियो ।

३१ अगस्ट २०२१ मा १० खर्ब रहेको मेटाको बजार मूल्य कोभिड १९ र आर्थिक मन्दीका कारण सुस्ताएको अनलाइन बजारका कारण ओरालो लागेको थियो । वर्ष २०२२ को अन्त्यसम्ममा झन्डै एक चौथाइमा झरेको थियो । त्यति बेला मेटाको शेयर मूल्य प्रतिकित्ता ९० डलरमा पनि कारोबार भएको थियो ।

यससँगै मेटाका संस्थापक मार्क जुकरबर्ग अर्नल्ट, मस्क र बेजोसपछि विश्वकै धनाढ्यको सूचीमा चौथो स्थानमा उक्लिएका छन् ।