Close This

सन् २०५० सम्म नेपालमा क्यान्सर रोगी ९१ प्रतिशतले बढ्ने डब्ल्यूएचओको चेतावनी

आइतबार माघ २१, २०८०/ Sunday 02-04-24
Paschim Today

२१ माघ, काठमाडौं । आज फेब्रुअरी ४ अर्थात विश्व क्यान्सर दिवस “क्लोज द केयर ग्याप” भन्ने नाराका साथ विश्वभर मनाइँदै छ । यस दिन क्यान्सरबाट जोगिन अपनाउनुपर्ने पूर्वसजगता र लागिसकेपछि गर्नुपर्ने उपचारबारे चेतनामुलक कार्यक्रम गरी मनाइन्छ ।

विश्व क्यान्सर दिवसको सन्दर्भमा विश्व स्वास्थ्य संगठन ९डब्ल्यूएचओ० को क्यान्सर हेर्ने अन्तर्राष्ट्रिय निकाय इन्टरनेशनल एजेन्सी फर रिसर्च अन क्यान्सर ९ईएआरसी(डब्ल्यूएचओ०’ ले फेब्रुअरी १ मा सार्वजनिक गरेको सन् २०२२ को रिपोर्टअनुसार विश्वभर २० मिलियन ९२ करोड० नयाँ क्यान्सरका बिरामी पत्ता लागेका छन् भने ९।७ मिलियन मानिसहरुको मृत्यु क्यान्सरबाट भएको पाइएको छ ।

विश्व स्वास्थ्य संगठन, फ्रान्समा कार्यरत नेपाली वैज्ञानिक डा। दिपेन्द्र सिंहका अनुसार क्यान्सर निदान भएका व्यक्तिहरुको संख्या विश्वमा विगत ५ वर्षभित्र करिब ५३।५ मिलियन थियो । क्यान्सर लागेकामध्ये हरेक ९ जनामा १ जना पुरुष र १२ जनामा १ जना महिलाको मृत्यु भएको पाइएको छ ।

नेपालमा भने सन् २०२२ मा अनुमानित २१ हजार ७६६ क्यान्सरका विरामी रहेका तथा १४ हजार ६०० जना क्यान्सरले गर्दा मृत्यु भएको पाइएको डा। सिंहले बताए । उनका अनुसार हरेक १ लाख नेपालीमध्ये ८१ जनामा क्यान्सर निदान भएको र क्यान्सर निदान भएकामध्ये ५५ जनाको मृत्यु भएको पाइएको छ ।

नेपालमा हाल रहेका करिब २२ हजार क्यान्सर रोगीहरुको संख्या सन् २०५० सम्ममा ९१ प्रतिशतले बढ्ने अनुमान समेत गरिएको छ । ‘सन् २०५० सम्ममा नेपालमा क्यान्सर रोगीहरु ९१ प्रतिशतले वृद्धि हुँदै करिब ४२ हजार हुनेछन्,’ डा। सिंह भन्छन्, ‘रिपोर्ट अनुसार क्यान्सर निदान भएकामध्ये ९९ प्रतिशतमा क्यान्सरको मृत्युदर बढ्ने अनुमान गरिएको छ । मृत्युदर पुरुषमा १०८ प्रतिशत र महिला ९० प्रतिशत हुनेछ ।’

यो अनुमान जनसंख्या वृद्धिको अनुपातको आधारमा गरिएको बताउँदै उनले भने, ‘यद्यपि क्यान्सर गराउने सामाजिक जोखिम तत्वहरुलाई आधार मान्दा २०५० सम्ममा अनुमान गरिएभन्दा क्यान्सर रोगीको संख्या अझै धेरै हुनसक्छ ।’

क्यान्सर पत्ता लागेका पुरूषभन्दा महिला धेरै 

नेपालमा क्यान्सरका मुख्य प्रकारहरुमा फोक्सोको क्यान्सर, स्तनको क्यान्सर र पाठेघरको मुखको क्यान्सर रहेका छन् । साथै नेपालमा मृत्यु गराउने प्रमुख क्यान्सरहरुमा फोक्सोको क्यान्सर, पेटको क्यान्सर तथा पाठेघरको मुखको क्यान्सर रहेका छन् ।