भलिबल खेलाडीलाई अनेरास्ववियु सुदूरपश्चिमको सहयोग
बुधबार माघ २४, २०८०/ Wednesday 02-07-24
Paschim Today

अनेरास्ववियु सुदूरपश्चिम प्रदेश कमिटिले भलिबल खेलाडीहरुलाई सहयोग गरेको छ ।
लुम्बिनी प्रदेशमा आयोजना हुने राष्ट्रिय भलिबल प्रतियोगितामा सहभागि हुने सुदूरपीश्चमको टिमलाई खेल पोशाक सहयोग गरेको हो ।
खेलाडी र प्रशिक्षक सहितको टोलीलाई आवश्यक खेल पोसाक प्रदान प्रदान गरिएको अनेरास्ववियु सुदूरपश्चिमका अध्यक्ष मनोज राईले जानकारी दिए ।
प्रदेश अध्यक्ष राई सहित ,कैलाली जिल्ला इन्चार्ज प्रमोद खड्का ऐश्वर्य बहुमुखी क्याम्पस स्ववियु सभापति कुबेर खड्का लगायतको उपस्थिति रहेको थियो । उपस्थित सबैले जर्सी हस्तान्तरण गर्दै विजयको शुभकामना समेत दिएका थिए ।
तपाईको प्रतिक्रिया