कैलालीमा करेन्ट लागेर महिलाको मृत्यु
मंगलबार असार १७, २०८२/ Tuesday 07-01-25
Paschim Today

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिका–१४ डि–गाउँमा करेन्ट लागेर एक महिलाको ज्यान गएको छ। मृत्यु हुनेमा ३० वर्षीया रुपा चौधरी रहेको प्रहरीले जनाएको छ। सोमबार घरमा लुगा सुकाउने क्रममा बिजुलीको नाङ्गो तार छोइएपछि चौधरीलाई करेन्ट लागेको थियो।
गम्भीर घाइते भएकी उनलाई उपचारका लागि कैलाली अस्पताल, धनगढीमा लगिएको थियो। तर उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
तपाईको प्रतिक्रिया