Close This

भारतको प्रधानमन्त्री बन्न चाहन्छिन् कंगना रनौत?

आइतबार माघ २८, २०८०/ Sunday 02-11-24
Paschim Today

नयाँ दिल्ली । बलिउड क्वीन कंगना रनौत प्रायः आफ्ना अभिव्यक्तिका कारण चर्चामा रहन्छिन् । यतिबेला उनी आफ्नो नयाँ फिल्म ‘इमर्जेन्सी’का कारण चर्चामा छिन् । यो फिल्ममा उनी भारतकी पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीको भूमिकामा देखिँदैछिन् । हालै कंगना तेलुगु फिल्म ‘रजाकार’को ट्रेलर सार्वजनिक गर्ने कार्यक्रममा देखिएकी थिइन् । यसै क्रममा अभिनेत्रीलाई ‘मनमा कहिले देशको प्रधानमन्त्री बन्ने सोच आएको छ किरु’ भनेर सोधिएको थियो । यो प्रश्नको जवाफ उनले रमाइलो शैलीमा दिएकी थिइन् ।

ट्रेलर सार्वजनिक कार्यक्रममा कंगना रनौतले भनिन्, ‘मैले भर्खरै इमर्जेन्सी नाम गरेको फिल्म गरेकी छुँ । यो फिल्म हेरेपछि म प्रधानमन्त्री बनोस् भन्ने कसैले चाहँदैन ।’ यति जवाफ दिएर उनी ठूल्ठूलो स्वरले हाँस्न थालिन् । ‘इमर्जेन्सी’ कंगना रनौतको एकल निर्देशनमा बनेको पहिलो चलचित्र हो । यो फिल्ममा मुख्य भूमिका कंगनाकै छ । फिल्ममा उनको लुक सार्वजनिक भएको छ । यो चलचित्र छिट्टै हलमा आउनेछ ।

लोकसभा चुनाव लड्ने इच्छा व्यक्त गरेकी थिइन्

गएको वर्ष फेब्रुअरीमा कंगना रनौतले सामाजिक सञ्जाल एक्स ९ट्विटर० मा एक पोस्ट सेयर गर्दै लेखेकी थिइन्, ‘म राजनीतिक व्यक्ति होइन, संवेदनशील र बुद्धिमान व्यक्ति हुँ । मलाई राजनीतिमा आउन धेरै पटक आग्रह गरिएको थियो, तर मैले हरेक पटक अस्वीकार गरेँ ।’ तर गएको नोभेम्बरमा भने कंगना रनौत आफैंले लोकसभा चुनाव लड्ने इच्छा व्यक्त गरेकी थिइन् । एक पत्रकारले उनलाई लोकसभा चुनाव लड्ने हो भने सोधेका थिए । यसको जवाफमा उनले भने, ‘यदि श्रीकृष्ण प्रसन्न भए अवश्य लड्नेछु,’ भनेकी थिइन् ।

कंगना रनौतको फिल्म ‘इमर्जेन्सी’ गएको नोभेम्बर २४ मै रिलिज हुने तय भएको थियो तर पछि यसको रिलिज डेट सारियो । अब भने यो चलचित्र यही जुन १४ मा हलमा आउँदैछ । यो फिल्ममा अनुपम खेर, महिमा चौधरी, मिलिन्द सोमन, श्रेयस तलपडे र स्वर्गीय अभिनेता सतीश कौशिक महत्वपूर्ण भूमिकामा देखिनेछन् । यसअघि कंगना रनौतको ‘तेजस’ फिल्म रिलिज भएको थियो । तर फिल्मले बक्स अफिसमा खासै व्यापार गर्न सकेन ।