Close This

कांग्रेसको हिन्दू राष्ट्र स्थापना महाअभियानका पदाधिकारी र सल्लाहकार चयन, यस्ता छन् योजना

सोमबार माघ २९, २०८०/ Monday 02-12-24
Paschim Today

काठमाडौं । नेपाली कांग्रेसको आसन्न महासमिति बैठकबाट हिन्दू राज्यको एजेण्डामा पार्टीलाई फर्काउन केन्द्रीय समन्व्य समिति विस्तार भएको छ । केन्द्रीय सदस्य तथा पूर्वमन्त्री शंकर भण्डारीको अध्यक्षतामा आइतबार बसेको बैठकले सल्लाहकार परिषद समेत बनाएको छ ।

 

महाअभियानको सहसंयोजकमा पूर्व गृहराज्यमन्त्री तथा केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल र काठमाडौं जिल्लाका पूर्व सभापति तथा समाजवादी चिन्तक लोकेश ढकाल चयन भएका छन् ।

समितिको कोषाध्यक्षमा भानुभक्त ढकाल चयन भएको सहसंयोजक लोकेश ढकालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । त्यस्तै, सनातन हिन्दु राष्ट्र स्थापना महाअभियानको सल्लाहकार परिषद संयोजकमा पूर्वमन्त्री तथा कांग्रेसका पूर्व प्रमुख सचेतक लक्ष्मण घिमिरेलाई जिम्मा दिइएको छ ।

सो बैठकले फागुन ५ गते नयाँ बानेश्वरमा आसन्न महासमिति बैठकमा उठान गर्ने एजेण्डासहित महाअभियानको घोषणापत्र जारी गर्ने निर्णय समेत गरेको छ ।