Close This

जनवर्गीय संगठन र मोर्चाको भूमिकाप्रति प्रचण्ड असन्तुष्ट, हुने भयो पुनर्गठन

सोमबार माघ २९, २०८०/ Monday 02-12-24
Paschim Today

काठमाडौं । नेकपा माओवादी केन्द्रले जनवर्गीय संगठन र मोर्चाहरूको पुनर्गठन गर्ने भएको छ । आज बसेको केन्द्रीय समितिको बैठकले जवस र मोर्चाबाट अपेक्षित काम नभएकाले पुनर्गठन गर्ने निर्णय भएको प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए ।

 

उनले भने, ‘जवस र मोर्चाहरुमा जति अपेक्षा गरिएको थियो, त्योअनुसार सक्रिय भएनन्, अब सम्मेलन गरेर सबै जवस र मोर्चाहरूलाई पुनर्गठन गर्ने निर्णय भएको छ । यस्तै, प्रवासी नेपालीहरुलाई प्रशिक्षित र संगठित गर्ने निर्णयसमेत भएको छ ।’

त्यसो त बैठकमा सम्बोधन गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रातृ संगठन अखिल क्रान्तिकारी र वाईसीएलको भूमिकाप्रति पनि असन्तुष्टि जनाएका थिए ।

उनले विवादमा रुमल्लिएर पार्टीको अभियानमा संगठनहरु नचलेको भन्दै पुनर्गठन गरेर नयाँ नेतृत्व ल्याउने योजना सुनाए ।