Close This

'माओवादी नसच्चिए अर्को चुनावमा पार्टीको दुर्भाग्यलाई कसैले बचाउन सक्दैन'

बुधबार फागुन १६, २०८०/ Wednesday 02-28-24
Paschim Today

कैलाली । सुदूरपश्चिम प्रदेशमा माओवादीका शीर्ष नेता हुन्, खगराज भट्ट । तर, तिनै भट्ट अहिले न संसदीय दलको नेता छन् न त पार्टीको कुनै ठाेस जिम्मेवारीमा ।

माघ १२ गते माओवादी बहुमत संसदीय दलका सदस्यहरूले भट्टलाई दलको नेताबाट हटाए । त्यसको केही महिनापछि भट्ट पार्टीको जिम्मेवारीमा पनि अटेनन् । माओवादी केन्द्रको स्थायी कमिटी बैठकले सुदूरपश्चिम प्रदेशमा केन्द्रीय सदस्य वीना मगरलाई सहइन्चार्जको जिम्मेवारी दिँदा भट्टले आफूलाई दोहोरो अन्याय भएको आभास गरेका छन् ।

सहइन्चार्जको जिम्मेवारी पाएकी वीना मगर प्रचण्डकी बुहारी हुन् । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टीको कार्य विभाजनको निर्णयप्रति लिखित असहमति जनाएका छन् । यता भट्टले पनि सामाजिक सञ्जालमा लेखेका छन्- ‘सुदूरपश्चिमको पार्टी सिध्याउने र मेरो ३४ वर्ष को राजनीतिक जीवन समाप्त पार्ने डिजाइन अस्वीकार्य छ ।’

स्थायी कमिटी सदस्य हुँदाहुँदै केन्द्रीय सदस्यले सहइन्चार्जको जिम्मेवारी किन पाइन् र माओवादी हेडक्वाटरले भट्टलाई नरुचाएकै हो ? लगायतका विषयमा माओवादी नेता खगराज भट्टसँग गरिएको कुराकानी :

– स्थायी कमिटी सदस्य हुँदाहुँदै केन्द्रीय सदस्यलाई सहइन्चार्ज तोकियो, तपाईं पार्टीभित्र यति कमजोर भइसक्नु भएको हो ?

माओवादी पार्टी २४० बाट ३२ सीटमा झर्ने गरी जस्तो राजनीति हुँदै आयो, त्यसैको एउटा कडीको रूपमा यो घटना पनि हो ।

माओवादी पार्टीमा नीति, विधि, पद्धति, मूल्य, मान्यता र न्याय हराउँदै गएपछि, नातावाद, कृपावाद हावी हुँदै गएपछि र अलिकति आलोचनात्मकता चेतना भएमा मान्छेहरूमा नेताहरूको वितृष्णा बढ्दै गएपछि, दलाल र चाकरहरूबाट नेताहरू बढी प्रभावित हुन थालेपछि यस्ता कामहरू हुने गर्छन् । जो अहिले भएको छ ।

– संसदीय दलको नेताबाट पनि हटाइने, पार्टीको ठोस जिम्मेवारीमा पनि नअटाइने, कसरी यो अवस्था सृजना भयो ?

जब मान्छे लक्ष्य र गन्तव्यभन्दा अन्य तवरबाट अगाडि बढ्न खोज्छ, नीति र विधिभन्दा बाहिरबाट बढ्न खोज्छ, जब नेतृत्वले प्रशंसकहरू खोज्छ तब यस्ता परिघटनाहरू देखिन्छन् ।

– हिजोको स्थायी कमिटी बैठकमा प्रचण्ड आफैंले तपाईंलाई सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीको लागि अगाडि सारेको तर, अरू नेताले विरोध गरेको भन्ने कुरा पनि आइरहेको थियो नि ! हिजो मुख्यमन्त्रीको लागि प्रस्ताव गर्ने आज जिम्मेवारीविहीन बनाउने, यो कुरा खास के हो ?

वीरमान कमरेडलाई कमरेड प्रचण्डले आठ पटक मुख्यमन्त्री बनाउनु भएको हो । त्यसकारणले उहाँले मुख्यमन्त्री बनाउने कुरा, उहाँले मन्त्री बनाउने कुरा कति वचन दिनुहुन्छ र कति पूरा गर्नहुन्छ भन्ने कुरा हामीले देख्दै, बुझ्दै आएका छौं ।

हाम्रो राजनीतिक इतिहास, हाम्रो साङ्गठनिक इतिहास, हाम्रो योगदान, बलिदान हाम्रो सबै कुरा यो पार्टीसँग जोडिएको छ । यो पार्टीसँगै हाम्रो जीवन र भविष्य जोडिएको भएर हामी यो पार्टीमा छौं । तर, यो पार्टीभित्र बहस गर्नुपर्ने, छलफल गर्नु पर्ने, मुद्दा उठाउनु पर्ने धेरै विषय छन् । यो पार्टीलाई पुनर्जीवन दिने हो भने अहिलेको ढर्रामा यो पार्टी चलेको छ, यहाँबाट ब्रेक गरेर लैजानुपर्छ ।

त्यो केही होइन । मलाई न्याय दिन्छु भन्नुको अर्थ मलाई पेल्नु हो । मलाई अन्याय गर्छु भनेको अर्थ मलाई हेर्छु भन्नु हो । नेताले भनेको कुरालाई सुल्टोमा होइन, उल्टोमा बुझ्नुपर्छ ।

मान्छेहरू चुनावमा कांग्रेस जान्छन्, ती आउँछन् र केन्द्रीय सदस्य बन्छन् । मान्छे एमाले जान्छन्, ती विश्वास पात्र हुन्छन् । हामी निरन्तर यो पार्टीमा दायाँबायाँ नभएका मान्छेहरूप्रति नेतालाई विश्वास कम हुन्छ । त्यसकारणले गर्दा यही गति र मतिले त हो ३२ सीटमा झरेको । अझै यति गति र मति सच्चाइएन भने अर्को चुनावमा यो पार्टीको दुर्भाग्यलाई कसैले पनि बचाउन सक्दैन ।

– तपाईंलाई संसदीय दलको नेताबाट हटाइसकेपछि…

(प्रश्न पूरा नहुँदै) त्यो पनि माथिकै डिजाइन हो, त्यो प्रस्ट भइसकेको छ । बालुवाटारदेखि सबैको डिजाइनमा मलाई दलको नेताबाट हटाइएको हो । अहिले पार्टीको भूमिकाबाट पनि मलाई साइड लगाउने काम पनि बालुवाटारसमेतकै डिजाइनमा भएको हो ।

– बालुवाटारकै डिजाइनमा भन्नाले प्रचण्डबाटै कि उहाँको सचिवालयबाट ?

जो जोलाई खल्तीको मान्छे बनाउनु थियो, ती मान्छेहरू हुन् सबै ।

– यसअघि प्रचण्डलाई भेट्न जाँदा त तपाईंमाथि अन्याय हुन दिन्न, तपाईंको व्यवस्थापन गर्ने भन्नुभएको थियो नि ? त्यो व्यवस्थापन के रहेछ ?

त्यो केही होइन । मलाई न्याय दिन्छु भन्नुको अर्थ मलाई पेल्नु हो । मलाई अन्याय गर्छु भनेको अर्थ मलाई हेर्छु भन्नु हो । नेताले भनेको कुरालाई सुल्टोमा होइन, उल्टोमा बुझ्नुपर्छ ।

– दलको नेता पनि रहनु भएन, पार्टीको ठोस जिम्मेवारीमा पनि रहनु भएन । अब तपाईंको भूमिका के रहन्छ ?

म सुदूरपश्चिमको माटोबाट उभिएको हुँ । मेरो रगत-पसिना, त्याग, बलिदान सबै यो पार्टीमा छ । सबै परिवार क्रान्तिमा होमिएको हो । त्यसकारणले गर्दा लाखौं जनता र हजारौं कार्यकर्ताको मप्रति सद्भाव छ ।

यो निर्णयपछि सयौं कार्यकर्ताले यसको प्रतिवाद गर्नुपर्छ भन्ने हिसाबले लगातार मलाई फोन गरिरहनु भएको छ । म तिनै कार्यकर्ता र जनताको बीचमा जान्छु र उहाँहरूले भनेको दिशानिर्देश, सुझाव, सल्लाह र उहाँहरूको चाहना र भावनालाई सम्मान गरेर अगाडि बढ्छु ।

– अहिले सहइन्चार्ज तोकिनु भएकी वीना मगर र तपाईंबीच एक जना इन्चार्ज बन्ने र अर्कोलाई संसदीय दलको नेतामा पुनर्बहाली गर्ने गोप्य समझदारी भएको थियो नि, त्यो किन पूरा भएन ?

त्यस्तो कुरा पनि होइन । त्यो कुरा गलत हो ।

– अहिलेको निर्णय लिँदा तपाईंहरूसँग कुनै छलफल भएको थियो ?

यो निर्णय सल्लाह नगरी भन्दा पनि मलाई सिध्याउने डिजाइनअन्तर्गत भएको हो ।