Close This

नेपाल नेत्र सहायक परिवारको केन्द्रिय सदस्यमा विश्वेश्वर प्रसाद जोशी निर्वाचित 

शनिबार फागुन २६, २०८०/ Saturday 03-09-24
Paschim Today

पश्चिम टुडे, धनगढी २६ फागुन ।  नेपाल नेत्र सहायक परिवारको चितवनमा हालै सम्पन्न भएको चौथो अधिबेशनबाट विश्वेश्वर प्रसाद जोशी केन्द्रिय समितिको सदस्य पदमा निर्बाचित भएका छन् ।  केन्द्रिय सदस्यमा निर्वाचित जोशी गेटा आँखा अस्पतालमा कार्यरत छन् । जोशीले आँखा क्षेत्रमा काम गर्ने हरेक कर्मचारीका हकहितका निम्ति आफूले काम गर्ने पश्चिम टुडेलाई बताए ।

त्यसैगरि, सम्मेलनमा नेपाल नेत्र सहायक परिवारको अध्यक्षमा रमेश घिमिरे निर्विरोध निर्वाचित भएका छन् ।  राष्ट्रिय सम्मेलन यही फागुन २५ र २६ गते २ दिन सम्मे आयोजना गरिएको थियो । नेपाल नेत्र सहायक परिवारको चौथो अधिवेशनको चितवन जिल्लाको सौराहामा सम्पन्न भएको हो ।