Close This

धनगढीमा खुल्यो आईसीसीसीकाे शाखा

आइतबार चैत ४, २०८०/ Sunday 03-17-24
Paschim Today

धनगढी । सुदूरपश्चिमकाे अस्थायी मुकाम धनगढीमा इन्टरनेशनल क्यारियर काउन्सिलिङ सेन्टर (आईसीसीसी)ले  शाखा विस्तार गरेकाे छ  ।

काठमाडौंको कमलादीमा केन्द्रीय कार्यालय रहेको आईसीसीसीले धनगढीमा ११औं शाखा स्थापना गर्दै सञ्चालनमा ल्याएको छ ।

सुदूरपश्चिम कलेज (एसपीए) रोडमा स्थापन गरिएको शाखा कार्यालयको शनिबार आईसीसीसीका प्रबन्ध निर्देशक राम खड्काले उद्घाटन गरे ।

खड्काले क्यानडा अध्ययनको लागि आईसीसीसी सबैभन्दा भरपर्दो शैक्षिक परामर्श केन्द्र भएको बताए ।

सुदूरपश्चिमका विद्यार्थीलाई लक्षित गर्दै धनगढीमा  शाखा विस्तार गरिएको उनकाे भनाइ छ । उक्त शाखाले  अध्ययनका लागि क्यानडा जान चाहने विद्यार्थीलाई सहजीकरण गर्दै आएकाे छ ।