शब्द
सोमबार चैत ५, २०८०/ Monday 03-18-24
Paschim Today

शब्द
शब्द नै गाली शब्द नै ताली
शब्द नै बिख शब्द नै अमृत प्याली
शब्दले नै कोही हर्छन पीर
शब्दले नै कोही हान्छन तीर
शब्दकै कारणले भए कति युद्ध
शब्द ज्ञानीका सुनेर भए कति बुद्ध
शब्द प्रेमको भैदिदा सिर्जिंन्छ संगीत
शब्द असत्य र रुखो हुदा भाग्दछ प्रीत
शब्द नै गाली शब्द नै ताली
शब्द नै बिख शब्द नै अमृत प्याली
- उषारश्मीपाण्डेय
तपाईको प्रतिक्रिया