Close This

कर्णाली पुल बाट हाम फालेका शाहीको शव तीन दिन पछि भेटियो

बिहीबार चैत १५, २०८०/ Thursday 03-28-24
Paschim Today

कैलाली : गतचैत्र १२ कर्णाली चिसापानी पुलबाट हामफाल्दा बेपत्ता भएका ३२ वर्षिया लोकेन्द्र शाहीको शव बिहीवार सन्कट्टी घाटमा फेला परेको जानकारी प्राप्त भएको छ । होलि पर्वको दिनमा साथीहरू संग कर्णाली पुल माथिबाट हाम फाल्दा शरीर अनियन्त्रित भई उनी पानीमा डुबेका थिए ।

उनको शव खोजतलासका लागि नेपाल प्रहरी ,सशस्त्र प्रहरीसेना, र स्थानीय लागेका थिए । उनको शव तीन दिन पछि टिकापुर स्थित सनकट्टि घाट नजिकै फेला परेको टिकापुर प्रहरीले जनाएको छ । 'सनकट्टि घाटमा लास भेटिएको खबर आएको छ प्रहरी जाँदै छ' इलाका प्रहरी कार्यालय टिकापुरका प्रमुख डिएसपी विश्व अधिकारीले बताए ।