Close This

कञ्चनपुरको चम्पापुरबाट बेपत्ता भएका धामी फेला परे

शनिबार बैशाख १५, २०८१/ Saturday 04-27-24
Paschim Today

धनगढीः भारतको बरेलीबाट उपचार गराएर घर फर्किने क्रममा कञ्चनपुरको चम्पापुरबाट बेपत्ता भएका रामबहादुर धामी फेला परेका छन्। धामी दैजीबाट पोल्खरी तर्फ गइरहेको बेला शनिवार बिहान फेला परेका हुन्। मानसिक समस्याको उपचार गराएर घर फर्किने क्रममा बैतडीको पुर्चौडी नगरपालिका–३ भैचना घर भएका धामी शुक्रवार दिउँसो बेपत्ता भएका थिए।

शुक्रवार बिहान पौने एघार  बजेतिर बरेलीबाट मानसिक बिरामीको उपचार गरी फर्कने क्रममा  महेन्द्रनगरबाट सुदूरपश्चिम प्रदेश ५०० नम्बरको हाइस चढी बाणीसम्मको यात्रामा हिँडेका धामी बेपत्ता भएकोमा स्थानीयले फेला पारेर आफन्तलाई खबर गरी जिम्मामा लगाएको धामीका आफन्त दिलबहादुर धामीले बताए।