Close This

सुनको मूल्यमा फेरि अर्को नयाँ ऐतिहासिक रेकर्ड, प्रतितोला कति पुग्यो?

सोमबार चैत १९, २०८०/ Monday 04-01-24
Paschim Today

काठमाडौं । नेपाली बजारमा आज ९सोमबार० पनि सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ। लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो। यसअघि शुक्रबार हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। आइतबार भने सुनको भाउ स्थिर रहेको थियो।

उक्त दिन सुन प्रतितोला एक लाख ३० हजार रूपैयाँमा कारोबार भएको थियो। आज सुन प्रतितोला एक लाख ३१ हजार छ सय रूपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा एक हजार छ सय रूपैयाँ बढी हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३१ हजार छ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३० हजार नौ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।  शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ३० हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २९ हजार चार सय रूपैयाँमा कारोबार भएको थियो।

शुक्रबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा बढेको छ। यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार पाँच सय ३५ रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

शुक्रबार चाँदी प्रतितोला एक हजार पाँच सय २५ रूपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ बढेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २२ सय ६३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।