नेपालगञ्जबाट लागुऔषधसहित कैलालीका युवक पक्राउ
बुधबार माघ २३, २०८१/ Wednesday 02-05-25
Paschim Today
धनगढीः नेपालगञ्जबाट लागुऔषधसहित कैलालीका एक युवक पक्राउ परेका छन्।
बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१५ जमुनाहबाट लागुऔषध ट्रामाडोल ४७ पिससहित कैलालीको लम्कीचुहा नगरपालिका–६ का २३ वर्षीय रोशन रावल मंगलबार पक्राउ परेका हुन्। उनलाई लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगञ्ज र इलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेको अवस्थामा उक्त लागुऔषधसहित पक्राउ गरेको जनाएको छ।
तपाईको प्रतिक्रिया