Close This

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले २२ गते विश्वासको मत लिने

मंगलबार चैत २०, २०८०/ Tuesday 04-02-24
Paschim Today

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले २२ गते विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री शाहले आज प्रदेशसभा सचिवालयमा विश्वासको मत लिनको लागि सूचना दर्ता गराएका हुन् । २२ गते दिउँसो ३ बजे बैठक आह्वान गरिएको सभामुख भीम भण्डारीले जानकारी दिए । भोलि ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ ।

२३ गते माओवादीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहले विश्वासको मत लिन लागेका हुन् । अहिले कांग्रेसका १८, माओवादीका सभामुखसहित ११ एमालेका १०, नाउपाका ७, नेकपा एसका ४ साथै स्वतन्त्र र राप्रपाका १र१ जना संसद छन् ।