Close This

कुमारी बैंकद्वारा १ लाख रुपैयाको बीमा रकम भुक्तानी

मंगलबार चैत २०, २०८०/ Tuesday 04-02-24
Paschim Today

पश्चिम टुडे, पुर्नवास २० चैत ।
कुमारी बैंक लिमिटेडले कुमारी परिवार सुरक्षा खाता योजना अन्र्तगत प्राण घातक रोग हृदयघातको कारणले मत्यु भएका विष्णु दत्त पौडेलका आश्रित परिवारलाई एक लाखको चेक हस्तान्तरण गरेको छ । 
कुमारी बैंक लिमिटेडकी सुदूरपश्चिम प्रदेश प्रमुख संगिता शर्मा चटौतले पुर्नवास न.पा. वडा नं ४ स्थित घरमै पुगेर उक्त चेक रकम हस्तान्तरण गर्नु भएको बैंकका पुर्नवास शाखाका प्रबन्धक कृष्ण राज जोशीले जानकारी दिए । 
चेक हस्तान्तरण कार्यक्रममा बैंकका अन्य कर्मचारीहरुको समेत उपस्थिति रहेकोे थियो । बैंकले आफ्ना ग्राहकहरुका लागि विगत देखि नै विशेष योजना र उत्कृष्ट सेवा प्रदान गर्दै आएको जनाएको छ ।