Close This

विश्वका शीर्ष १० धनीमध्ये ९ जना प्रविधि क्षेत्रका !

बुधबार चैत २१, २०८०/ Wednesday 04-03-24
Paschim Today

काठमाडौं । फोर्ब्स म्यागजिनले विश्वका अर्बपतिहरूको नयाँ सूची सार्वजनिक गरेको छ । सूची अनुसार विश्वका धनाढ्यको शीर्ष स्थानमा बर्नार्ड अर्नल्ट छन् । लुई भितन, सेफोरा जस्ता ब्रान्डका संस्थापक अर्नल्टको सम्पत्ति २३३ अर्ब डलर बढी छ ।

सन् २०२३ मा धनाढ्यको शीर्ष स्थानमा भएका एलन मस्क भने २०२४ मा दोस्रो स्थानमा छन् । १९५ अर्ब डलर सम्पत्ति रहेका मस्क विद्युतीय कार निर्माता कम्पनी टेस्ला, स्पेस कम्पनी स्पेसएक्स, न्युरालिङ्क, एक्स जस्ता कम्पनीका मालिक हुन् । 

तेस्रो स्थानमा ईकमर्स प्लेटफर्म अमेजनका संस्थापक जेफ बेजस छन् । फोर्ब्सका अनुसार उनीसँग १९४ अर्ब डलर बराबरको सम्पत्ति छ । सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम, थ्रेड्स र ह्वाट्सएपको मुख्य कम्पनी मेटाका संस्थापक मार्क जुकरबर्ग १७७ अर्ब डलर सम्पत्तिसहित धनाढ्यहरूको सूचीमा शीर्ष चौंथो स्थानमा छन् ।

सफ्टवेयर कम्पनी ओराकलका प्रमुख प्रविधि अधिकृत रहेका ल्यारी एलिसन शीर्ष धनाढ्यको पाँचौं स्थानमा छन् । ओराकलको ४० प्रतिशत सम्पत्तिका मालिक एलिसनको सम्पत्ति १४१ अर्ब डलर छ ।  प्रविधि क्षेत्रकै अर्का लगानीकर्ता वारेन बफेट छैठौं धनाढ्य हुन् । १३३ अर्ब डलर सम्पत्ति भएका उनी ब्याट्री निर्माता कम्पनी ड्युरासेलमा लगानी छ । 

त्यसैगरी कुनै समय शीर्ष स्थानमा रहेका बिल गेट्स २०२४ मा धनाढ्यको शीर्ष सातौं स्थानमा छन् । माइक्रोसफ्टका सह(संस्थापक बिल गेट्सको सम्पत्ति १२८ अर्ब डलर रहेको छ ।  विश्वका धनाढ्यको आठौं स्थानमा माइक्रोसफ्टका पूर्व प्रमुख कार्यकारी अधिकृत स्टिभ बालमर रहेका छन् । फोर्ब्सका अनुसार उनीसँग १२१ अर्ब डलर बराबरको सम्पत्ति छ । रिलायन्स इन्डस्ट्रिजका मालिक मुकेश अम्बानी धनाढ्यको शीर्ष नवौं स्थानमा छन् ।

भारतको प्रमुख टेलिकम सेवाप्रदायक जिओ पनि रिलायन्स इन्डस्ट्रिजकै स्वामित्वमा छ ।  गुगलका संस्थापक ल्यारी पेज धनाढ्यको शीर्ष १०औं स्थानमा छन् । २०२४ मा उनको सम्पत्ति ११४ अर्ब डलर रहेको छ । गुगलकै अर्का संस्थापक सर्गइ ब्रिन धनाढ्यको ११ औं स्थानमा छन् । उनीसँग ११० अर्ब डलर बराबरको सम्पत्ति छ । 

फोर्ब्सको रिपोर्टले प्रविधि क्षेत्रमा लगानी भएका एवं त्यही क्षेत्रमा काम गर्दै आएका व्यक्तिहरू शीर्ष स्थानतिर रहेको देखाएको छ । शीर्ष १० जनामा नौ जनाको लगानी प्रत्यक्ष(अप्रत्यक्ष रूपमा प्रविधि क्षेत्रमै जोडिएको छ ।