Close This

टीयूमा राजनीतिकरण बढी हुन्छ, त्यसविरुद्ध निर्मम भएर लागौँ : शिक्षामन्त्री श्रेष्ठ

शुक्रबार चैत २३, २०८०/ Friday 04-05-24
Paschim Today

काठमाडौं: शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले एसईई खारेज गर्ने कि राख्ने भन्नेबारे मन्त्रालयले निर्णय नगर्ने बताएकी छन् ।

शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरेर उनले यस्तो बताएकी हुन् । उनले राख्ने कि खारेज गर्ने भन्ने निर्णय विज्ञहरूले गर्नुपर्ने बताइन् । ‘एसईई खारेज गर्ने कि नगर्ने भन्नेबारे विज्ञहरूले भन्नुपर्छ । परीक्षालाई तनावको विषयभन्दा पनि कुन विद्यार्थीलाई कहाँ सहयोग चाहिएको छ भन्ने कोणबाट हेर्नुपर्छ । र, यो कुरा मन्त्रालयले होइन, विज्ञहरूले भन्नुपर्छ,’ उनले भनिन् ।

उनले त्रिभुवन विश्वविद्यालयमा हुने गरेको दलीय राजनीतिकरण हटाउनमा निर्मम भएर लाग्ने पनि बताइन् । ‘टीयूमा दलीय राजनीतिकरण बढी हुन्छ, त्यसविरुद्ध निर्मम भएर लाग्ने हो । मैले भीसी सरसँग पनि कुराकानी गरिसकेको छु,’ उनले भनिन् ।

यस्तै उनले एडूकेसन कन्सल्टेन्सीहरूमा विकराल समस्या भएको बताइन् ।‘कन्सल्टेन्सीहरू नवीकरणसमेत नहुने समस्या छन् । यसलाई मन्त्रालयले त हेर्छ नै, सँगै अरु मन्त्रालयहरूले पनि हेर्नुपर्छ,’ उनले भनिन् ।