Close This

धनगढीमा “भाईब्रेट” कण्डमसहित युवक पक्राउ

सोमबार चैत २६, २०८०/ Monday 04-08-24
Paschim Today

धनगढी । कैलालीको धनगढीमा ‘भाइब्रेट’ कण्डमसहित एक जना पक्राउ परेका छन्।

झण्डै साढे ६ लाख बराबरको अवैध कण्डमसहित प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको हो।

धनगढी उपमहानगरपालिका–१ शिवनगरबाट १४ कार्टुन भाइब्रेट कण्डमसहित २५ वर्षीय पंकज चन्दलाई शनिबार पक्राउ गरिएको हो। चन्दले सुत्ने कोठामा लुकाइ राखेको अवस्थामा कण्डम बरामद गरिएको प्रहरीले बताएको छ।

प्रहरीका अनुसार चन्दलाई कण्डमसहित चैत्र २५ गते  कारबाहीका लागि राजस्व कार्यालय कोहलपुरको जिम्मा लगाइएको छ।