Close This

कञ्चनपुरमा अवैध काठसहित सामुदायिक वनका सचिव पक्राउ

सोमबार चैत २६, २०८०/ Monday 04-08-24
Paschim Today

२६ चैत, धनगढी । कञ्चनपुरमा अवैध रूपमा लुकाएर राखेको काठसहित सामुदायिक वन उपभोक्ता समितिका सचिव पक्राउ परेका छन् । कृष्णपुर नगरपालिका-१ मा रहेको जगदम्बा मयूर सामुदायिक वन उपभोक्ता समितिका सचिव गोविन्द पन्तलाई अवैध काठसहित पक्राउ गरिएको डिभिजन वन कार्यालयले जनाएको छ ।

डिभिजन वन कार्यालयका प्रमुख भीमप्रसाद ढकालले खेतमा काठ लुकाइछिपाइ राखेको अवस्थामा पन्तलाई पक्राउ गरिएको जानकारी दिए । उनले अवैध रूपमा लुकाएर राखेको काठसमेत बरामद गरिएको छ । अदालतबाट म्याद थप गरेर पन्तमाथि अनुसन्धान भइरहेको डिभिजन वन कार्यालयले जनाएको छ ।