Close This

थारु गीत सङ्गीतलाई एक स्तर माथि उठाएको म्युजिक अवार्ड, कसले पाए कुन अवार्ड ?

सोमबार चैत २६, २०८०/ Monday 04-08-24
Paschim Today

 कैलाली ।नेपालमै पहिलो पटक थारू राष्ट्रिय म्युजिक अवार्ड आयोजना गरिएको छ । दशकौँ देखी थारु गीत सङ्गीतमा लागिरहेका कलाकारहरू पहिलो पटक यसरी भेला भएर अवार्ड थाप्दा निकै उत्साहित देखिएका थिए । उनीहरुले यस्तो कार्यक्रम प्रत्येक वर्ष हुनुपर्नेमा जोड दिए । 

थारू राष्ट्रिय म्युजिक अवार्डमा आर के थारुको वर्चस्व कायम गरेका छन् । उनले सर्वोत्कृष्ट आधुनिक गायन (पुरुष),सर्वोत्कृष्ट गायन (पुरुष), सर्वोत्कृष्ट सङ्गीतकार र सर्वोत्कृष्ट गीत गरि चार विधाको अवार्ड हात पारेका हुन् । बर्दगोरिया इभेन्ट एन्ड मार्केटिङ प्रालिको आयोजनामा धनगढीमा भएको समारोहका थारु भाषाको गीत सङ्गीतका उत्कृष्ट सर्जनहरूले अवार्ड हात पारेका हुन् ।

सर्वोत्कृष्ट आधुनिक गायन (पुरुष)को अवार्ड आर के थारुले पाउँदा सर्वोत्कृष्ट आधुनिक गायन (महिला) को अवार्ड अनु चौधरीले जितेकी छन् । यसै गरी सर्वोत्कृष्ट लोक गीत गायन (पुरुष)को अवार्ड दर्पण कुशुम्या र सर्वोत्कृष्ट लोक गीत गायन (महिला)को अवार्ड सोनु कुश्मीले जितिन् ।

सर्वोत्कृष्ट गायन (महिला)तर्फको अवार्ड समीक्षा चौधरीले जितेकी छन् भने, सर्वोत्कृष्ट गीत लेखकको अवार्ड महेश कुचिलाले जितेका छन् ।

सर्वोत्कृष्ट म्युजिक भिडियो छायांकारको अवार्ड सतिष सिन्हाले जितेका छन् भने सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशकको अवार्ड हिरा चौधरीले जितेका छन् । सर्वोत्कृष्ट मोडल (पुरुष)तर्फको अवार्ड नरेश चौधरीले जित्दा महिलातर्फ मुस्कान चौधरीले जितेकी छन् । 

No description available.

सर्वोत्कृष्ट नव प्रतिभा मोडल (पुरुष) को अवार्ड आर्यन चौधरीले जित्दा महिलातर्फ नेहेल्जा चौधरीले जितेकी छन् ।सर्वोत्कृष्ट युगल मोडलको अवार्ड रोनी र दिपिका चौधरीले जितेका छन् । सर्वोत्कृष्ट शृङ्गारको अवार्ड अम्रता राजवीरले जितेका छन् । सर्वोत्कृष्ट नव प्रतिभा गायनको अवार्ड विक्रम चौधरीले जितेका छन् । यसै गरी सर्वोत्कृष्ट आइटम मोडल (महिला)को अवार्ड सदिक्षा चौधरीले जितेकी छन् । 

No description available.

पब्लिक च्वाइस नवप्रतिभा मोडेल पुरुषको अवार्ड फुलराम चौधरीले पाउँदा क्रिटिक्स सर्वोत्कृष्ट निर्देशकको अवार्ड  सुरज देव कुसुम्या, क्रिटिक्स सर्वोत्कृष्ट मोडेल महिला मधु चौधरीले पाइन् । 

त्यस्तै क्रिटिक्स सर्वोत्कृष्ट छायाँकार रमेश चौधरी र क्रिटिक्स सर्वोत्कृष्ट मोडेल पुरुष तर्फ वीर चौधरीले अवार्ड पाएका थिए । अवार्ड वितरण कार्यक्रमको प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँ रहेका थिए । उनले उद्घाटन समारोहमा थारु गीत सङ्गीतलाई विश्वव्यापी बनाउन आवश्यक रहेको बताएका थिए ।

नेपालमै पहिलो पटक आयोजना गरिएको थारू राष्ट्रिय म्युजिक अवार्डले थारु गीत सङ्गीत भाषा संस्कृतिको प्रचार प्रसार तथा संरक्षणमा ठुलो भूमिका खेलेको कार्यक्रम संयोजक हरेन्द्र चौधरीले बताए । उनले यस्ता कार्यक्रमहरूमा सबै तहको सरकारको साथ आवश्यक रहने समेत बताए ।