Close This

पुरानो फोन बेच्दै हुनुहुन्छ ? यी ५ काम गर्न नबिर्सनुस्

सोमबार चैत २६, २०८०/ Monday 04-08-24
Paschim Today

काठमाडौं । एउटा सर्भे अनुसार मानिसहरुले औषतमा हरेक १/२ वर्षमा आफ्नो पूरानो फोन बदल्ने गर्दछन् । यसको ठूलो कारण चाहिँ बजारमा हरेक दिन नयाँ फोन सार्वजनिक भइरहेका छन्, जसमा एक से एक नयाँ फिचरहरु उपलब्ध हुन्छन् ।

त्थापि पुराना स्मार्टफोन बिक्री गर्नपनि अहिले सजिलो छ । घरमै बसीबसी अनलाइनबाट समेत आफ्नो पुरानो फोन बेच्न सकिने भएको छ । तर, आफूले चलाउँदै आएको पुरानो फोन बिक्री गर्नुअघि तपाईले धेरै कुराको हेक्का राख्नुपर्छ, अन्यथा तपाई समस्यामा पर्न सक्नुहुन्छ र ठगीको सिकार पनि बन्न सक्नुहुन्छ। आफ्नो पुरानो फोन बेच्नुअघि ध्यान दिनुपर्ने ५ कुरा यस्ता छन्ः

  • ह्वाट्सएप ब्याकअप : पुरानो फोन बेच्नुअघि आफ्नो ह्वाट्सएप अकाउन्टको ब्याकअप राख्न नबिर्सनुहोस् । किनकि ह्वाट्सएपमा धेरै खालका निजी कुराकानी तथा च्याटिंग हुन्छन् । त्यसैले ह्वाट्सएपको ब्याकअप राख्नाले तपाईले नयाँ फोनमा ह्वाट्सएप इन्स्टल गर्दा त्यहाँ तपाईका पुराना च्याट रिस्टोर हुनेछन् ।
  • सिम कार्ड तथा ई-सिम : यदि तपाई सिमकार्ड प्रयोग गर्नुहुन्छ र हाल त्यो सिम चालु छैन भनेपनि फोन बेच्नुअघि त्यसबाट सिमकार्ड अवश्यपनि निकाल्नुहोस् । यदि ईसिम प्रयोग गर्नुहुन्छ भनेपछि इ सिमको प्रोफाइल अवश्य डिलिट गर्नुहोस् । फोनको सेटिंग्सबाट त्यसलाई डिलिट गर्न सकिन्छ।
  • ब्याकअप : आफ्नो फोन बिक्री गर्नुअघि त्यसमा रहेका सबै डाटाको ब्याकअप गर्न नबिर्सनुस् । ब्याकअपका लागि गुगल फोटोज, गुगल ड्राइभ, माइक्रोसफ्ट वनड्राइभ, ड्रपबक्स तथा अन्य कुनै क्लाउड सर्भिसको उपयोग गर्न सक्नुहुन्छ । तपाईले पेन ड्राइभ वा अन्य बाहिरी हार्डड्राइभमा पनि डाटा ब्याकअप गर्न सक्नुहुन्छ।
  • सोसल मिडिया तथा बैंकिङ एप डिलिट गर्नुहोस् : आफ्नो फोन बेच्नुअघि त्यसमा रहेका आफ्ना सोसल मिडिया एप, बैंकिंग एप, भुक्तानी वालेटलगायतका आफ्नो अकाउन्ट रहेका एपहरुलाई अनइन्स्टल गर्नुहोस् र डाटा पनि डिलिट गर्नुहोस् ।
  • लगआउट पछि डिभाइसलाई रिसेट गर्नुहोस् : आफ्नो फोन बिक्री गर्नुअघि त्यसमा रहेका सबै अकाउन्ट लगआउट गर्नुहोस् र त्यसपछि फोनलाई फ्याक्ट्री रिसेट गर्नुहोस् । गुगलदेखि फेसबुक, ह्वाट्सएप, इन्स्टाग्राम, एक्स जस्ता सबै अकाउन्टलाई लगआउट गर्नुहोस् । एजेन्सीको सहयोगमा