Close This

चैतन्य पाठशालामा आज सुशासन, दिगो विकास र समृद्ध प्रदेशको लागि प्रादेशिक सम्मेलन हुँदै

बुधबार चैत २८, २०८०/ Wednesday 04-10-24
Paschim Today

कैलाली । धनगढी स्थित चैतन्य पाठशालामा सुशासन, दिगो विकास र समृद्ध सुदूरपश्चिम विषयक प्रादेशिक सम्मेलन २०८० को आयोजना हुँदै छ ।

चैतन्य एकेडेमीले वर्षमा एक पटक राष्ट्रिय सेमिनारको आयोजना गर्दै आइरहेको छ । उक्त सेमिनार  प्रादेशिक स्वरूपमा आज  बिहानको ९ बजेबाट पाठशालाको सभा हलमा हुँदै छ । यस कार्यक्रममा विशेष गरी समृद्धिको , सुशासनको, दिगो विकासको यात्रामा सुदूरपश्चिमलाई केन्द्र भागमा राखेर राष्ट्रिय स्तरको चिन्तन गरिने पाठशालाका अध्यक्ष गणेश प्रसाद जोशीले जानकारी दिए । 

यसमा लोकसेवा आयोगका पूर्व अध्यक्ष,  उमेश प्रसाद मैनाली, प्रदेश सचिव हरि लम्साल, धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल , प्रदेश सांसदहरू सहित उक्त सेमिनारमा शिक्षा, स्वास्थ्य, व्यवसाय, पत्रकारिता, प्राध्यापक, उद्यमशीलता लगायतका व्यक्तिहरू उपस्थित हुने बताइएको छ ।

‘कार्यक्रममा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । कार्यक्रममा बौद्धिक बहस हुन्छ ’ अध्यक्ष जोशीले भने, ‘विकास, समृद्धि, राजनैतिक, प्रशासनिक एजेन्डा मात्र हैन विशेष गरी जनतासँग जोडिएको बहस हो यो ।’